प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत
वि.सं.२०८३ भदौ २५ बिहीवार १७:१४
897
shares
shares

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहको अमेरिका भ्रमण स्वीकृत भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई अमेरिका जाने अनुमति दिएको हो।
सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार प्रधानमन्त्री शाहले असोज ६ देखि १० गतेसम्म अमेरिकाको भ्रमण गर्नुहुनेछ।
यसअघि भदौ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा महासभामा प्रतिनिधिमण्डल पठाउने निर्णय गरेको थियो।

















