नवनियुक्त उद्योगमन्त्री साहले गरे पदभार ग्रहण, मन्त्रालयको मूल ढोकामा ढोगेर कार्यकक्ष प्रवेश
वि.सं.२०८३ भदौ २५ बिहीवार २२:१२
819
shares
shares

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा दीपक साह नियुक्त भएका छन्। गौरीकुमारी यादवले राजीनामा दिएपछि रिक्त रहेको मन्त्रालयमा प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरी–४ का सांसद साहलाई नियुक्त गर्नु भएको हो।
बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ खानुभएका नवनियुक्त मन्त्री साहले मन्त्रालय पुगेर पदभार ग्रहण गर्नु भएको हो ।उहा मन्त्रालय प्रवेश गर्ने क्रममा मूल ढोकामा ढोगेर कार्यकक्षमा जानु भएको हो ।
















