NIMB Long Banner Ad

डा.ठगुन्ना सम्मानित

11.84K
shares

भाद्र २५ काठमाडौं । विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा बिहीबार सन् २००५ देखि मनोविद्का रूपमा निरन्तर यात्रामा रहनु भएका डा.नरेन्द्र सिंह ठगुन्ना विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा समानित हुनु भएको हो ।

मानसिक स्वास्थ्यको क्षेत्रमा लामो समयदेखि उहाले पुर्‍याएको योगदानलाई स्मरण गर्दै National Solution and Research Centre र Grande International Hospital द्वारा ठगुन्नालाई मायाको चिनोसहित सम्मान गरिएको हो । सम्मानित डा.ठगुन्नाले सन् २००५ देखिको आफ्नो यात्रामा विश्वास, साथ र सहयोग गर्नुहुने सम्पूर्ण व्यक्ति, परिवार, सहकर्मी तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्नु भएको छ।

उहाँहरूले आफुप्रति देखाउनु भएको विश्वास, आफ्ना पीडा र अनुभवहरू खुलेर बाँड्ने साहस तथा परिवर्तनप्रतिको आशाले नै आफ्नो यात्रालाई निरन्तर अर्थपूर्ण बनाएको धारणा राख्नु भएको छ।उहाले मानसिक स्वास्थ्य र आत्महत्या रोकथामको क्षेत्रमा अझ धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्दै कसैलाई ध्यानपूर्वक सुन्नु, कठिन समयमा साथ दिनु र आशाको एउटा किरण देखाउनु मात्रले पनि कहिलेकाहीँ कसैको जीवन जोगाउन सकिने जिकिर गर्नु भयो ।

उहाले यो सम्मानले आफुमाथी थप जिम्मेवारी बोध भएको महसुस गर्दै मानसिक स्वास्थ्य र जीवन संरक्षणप्रतिको जिम्मेवारीलाई अझ गहिरो बनाउने प्रेरणा मिलेको बताउनु भयो ।