राशिफल २०८३ भाद्र २६ गते शुक्रबार
वि.सं.२०८३ भदौ २६ शुक्रवार ०६:३७
shares

वि.सं. २०८३ भाद्र २६ गते शुक्रबार, 11 सेप्टेम्बर सन् 2026, नेपाल संवत् ११४६ गुँलागा औंसी, रौद्र नाम संवत्सर, दक्षिणायन, वर्षा ऋतु,तिथि: भाद्र कृष्णपक्ष औंसी,कुशे औंसी, बुवाको मुख हेर्ने दिन,नक्षत्र: पूर्वफाल्गुनी, योग: साध्य, करण: नाग,चन्द्रराशि: सिंह, सूर्यराशि: सिंह,सूर्योदय: ०५:४७, सूर्यास्त: १८:१५, राहुकाल: १०:२६ देखि ११:५९ सम्म,आज जन्मिने बच्चा सिंह राशिको हुनेछ ।आज कुशेऔंसि,कुश काट्ने दिन,पितृलाई तर्पण दिने र बुवालाई सम्मान गर्ने दिन अर्थात् बुवाको मुख हेर्ने दिन ।यात्रामा निस्कदा *दही वा जौ* खाएर निस्कनु शुभ मानिन्छ, आजको दिनमा लक्ष्मीको समरण गरेर यात्रा गर्नु होला ।
आत्मविश्वासका साथ अघि बढ्ने अवसर, नयाँ जिम्मेवारी कुशलतापूर्वक पूरा गर्न सकिनेछ। व्यापारमा नयाँ ग्राहक थपिने योग छ, तर हतारमा लगानी नगर्नु। परिवारमा सकारात्मक वातावरण आउने छ।
शुक्रको प्रभावले आर्थिक तथा पारिवारिक पक्ष अनुकूल, पहिले गरेको मेहनतको परिणाम प्राप्त हुनेछ । सुखद समाचार मिल्ने सम्भावना।
विचारलाई प्रभावकारी रूपमा प्रस्तुत गर्न सकिनेछ, छलफल र सम्झौतासँग सम्बन्धित काम सफल हुने। साथीभाइबाट सहयोग प्राप्त हुनेछ।
खर्च बढ्ने तर नयाँ आम्दानीको बाटो खुल्ने दिन छ । घरपरिवारको सहयोगले काम सहज बन्नेछ, पुरानो लेनदेन मिलाउने समय छ।
नेतृत्व क्षमता बलियो रहेनछ । सामाजिक प्रतिष्ठा बढ्ने,आफ्नो योजना अगाडि बढाउन सकिनेछ भने प्रेममा सकारात्मक परिवर्तन आउनेछ ।
गोप्य काम र हिसाबकिताबमा सफलता मिल्नेछ । तर अनावश्यक खर्चबाट जोगिनुपर्ने दिन छ । स्वास्थ्य सामान्य रहनेछ ।
आय बढ्ने दिन छ ।नयाँ सम्पर्क र सहकार्यको प्रस्ताव आउन सक्छ। मित्रताले फाइदा दिलाउनेछ ।
कर्मक्षेत्रमा प्रशंसा, नयाँ जिम्मेवारी मिल्न सक्छ। आर्थिक पक्ष बलियो रहनेछ। यात्रा गर्नु पर्नेछ ।मिस्ठान्न भोजनक्क योग छ ।
भाग्य वृद्धि हुनेछ । धार्मिक कार्य र यात्राको योग छ । रोकिएको काम बन्ने संकेत देखिन्छ ।आमा बाट आएको सुझावलाई नजर अन्दाज नगर्नु होला ।
स्वास्थ्यमा ध्यान दिनुपर्ने छ । आकस्मिक खर्चको योग छ । गोपनीयता कायम राख्नु राम्रो देखिन्छ । छोटो यात्रामा निस्किनु होला ।
साझेदारी काममा सफलता मिल्नेछ । दाम्पत्य जीवन सुखद रहनेछ ।पारिवारिक माया बढ्ने। व्यापारमा अप्रत्याशित लाभ मिल्नेछ ।
शत्रु परास्त हुने दिन छ । काममा सफलता मिल्ने दिन छ। पुरानो ऋण वा रोगबाट मुक्ति पाइने योग छ ।बिग्रेका बिगतका सम्बन्ध सुमधुर बन्दै जानेछ ।
~ज्यो. कलानिधी WhatsApp 9803032959
























