NIMB Long Banner Ad

प्रधानमन्त्री शाह र न्युजिल्यान्डका प्रधानमन्त्री लक्सनबीच टेलिफोन वार्ता

364
shares

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह र न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच आज टेलिफोन वार्ता भएको छ ।

वार्तामा प्रधानमन्त्री शाहले रसुवाको भोटेकोशी बाढीपछि खोज, उद्धार, राहत तथा पुनःस्थापनाका काम तीव्र पारिएको जानकारी गराउनुभएको छ । बेपत्ता नागरिकको खोजीलाई पनि प्राथमिकतामा राखिएको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री शाहले न्युजिल्यान्डले उपलब्ध गराएको २० लाख न्युजिल्यान्ड डलर बराबरको मानवीय सहयोगप्रति आभार व्यक्त गर्नुभयो । साथै, जलवायुजन्य विपद्का दृष्टिले नेपाल उच्च जोखिममा रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय मञ्चमा क्षति तथा नोक्सानीका लागि वित्तीय सहयोग जुटाउन न्युजिल्यान्ड सरकारको रचनात्मक सहयोगको आग्रह गर्नुभयो ।

वार्ताका क्रममा न्युजिल्यान्डका प्रधानमन्त्री लक्सनले नेपालमा गएको विनाशकारी बाढीप्रति आफ्नो सरकार र जनताको तर्फबाट समवेदना तथा ऐक्यबद्धता व्यक्त गर्नुभएको थियो।