दसैँअघि असोज १६ गतेसम्म संसद् चलाउने तयारी
वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:४५
676
shares
shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक असोज १५ गतेसम्म सञ्चालन गर्ने सम्भावित कार्यतालिका आवश्यक परिमार्जनसहित स्वीकृत भएको छ ।
सभामुख डीपी अर्यालको अध्यक्षतामा आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यतालिकामाथि छलफल गरी स्वीकृति दिएको सभामुखको सचिवालयले जनाएको छ ।
दसैँअघि बैठक असोज १६ गतेसम्म सञ्चालन गर्ने विषयमा पनि छलफल भएको जनाइएको छ ।
















