NIMB Long Banner Ad

सरकारलाई रास्वपा सांसदको प्रश्नः प्रहरी महानिरीक्षक कार्कीलाई किन बर्खास्त गरिँदैन ?

1.59K
shares

काठमाडौं । रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीमाथि लागेको भ्रष्टाचार आरोपको छानबिन गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आरोप गम्भीर हुँदाहुँदै पनि सरकार मौन बसेको भन्दै प्रश्न उठाए । सामान्य आरोपकै आधारमा तीन जना मन्त्री बर्खास्त भइसकेको उल्लेख गर्दै सुनारले प्रहरी प्रमुखमाथि लागेको आरोपमा समेत निष्पक्ष छानबिन हुनुपर्ने बताए ।

उनले महानिरीक्षक कार्की, उनकी श्रीमती र केही उच्च अधिकारीमाथि करोडौँ रुपैयाँ भ्रष्टाचारको आरोप लागेको दाबी गरे । अख्तियार र सार्वजनिक लेखा समितिमा उजुरी परेको उल्लेख गर्दै उनले प्रहरीका तल्लो दर्जाका कर्मचारीका जुत्ता–मोजा खरिदमा समेत अनियमितताको आरोप रहेको बताए ।

‘कार्कीलाई बर्खास्त किन गरिँदैन ? उहाँमाथि छानबिन किन भइरहेको छैन ?’ भन्दै उनले सरकारको ध्यानाकर्षण गराए ।