NIMB Long Banner Ad

प्रधानमन्त्री राहत कोषमा १३ अर्बभन्दा बढी मौज्दात, १ अर्ब रुपैयाँ निकासा

494
shares

काठमाडौँ। भोटेकोशी बाढी प्रभावितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री राहत कोषबाट १ अर्ब रुपैयाँ निकासा भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा निकासा गरिएको उक्त रकमपछि पनि कोषमा १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात रहेको छ ।

कोषमा रहेको रकममध्ये नौ वटा वाणिज्य बैंकमा ९ अर्ब ६८ करोड २३ लाख ५५ हजार २५ रुपैयाँ तथा दुई वटा बैंकमा २ करोड ३२ लाख ८४ हजार ७७ अमेरिकी डलर जम्मा छ ।

सरकारको आह्वानपछि स्वदेश तथा विदेशबाट प्राप्त सहयोग रकम कोषमा जम्मा हुँदै आएको हो।