तीन वरिष्ठ सहसचिव सचिव पदकालागि सिफारिस, योग्यता क्रममा पहिलो नम्वरमा पराजुली
वि.सं.२०८३ भदौ २६ शुक्रवार २१:४६
2.15K
shares
shares

भाद्र २६ काठमाडौँ । सचिव पदमा बढुवाका लागि तीन वरिष्ठ सहसचिवको नाम सिफारिस भएको छ । शुक्रबार बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले नेपाल प्रशासन सेवातर्फ रिक्त सचिव पदकालागि कालीप्रसाद पराजुली, रुद्रसिंह तामाङ र आभा श्रेष्ठलाई योग्यताक्रमका आधारमा सिफारिस गरेको हो।
सिफारिस भएकामध्ये सहसचिव पराजुली हाल राष्ट्रिय महिला आयोगमा हुनुहुन्छ । सहसचिव तामाङ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा कार्यरत हुनुहुन्छ भने सहसचिव श्रेष्ठ मधेश प्रदेशमा प्रदेश सचिवका रूपमा कार्यरत रहँदै आउनु भएको छ ।
















