NIMB Long Banner Ad

१६ प्रमुख प्रशासकीय अधिकृतसहित २६ उपसचिवको सरुवा

5.66K
shares

भाद्र २६ काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १६ प्रमुख प्रशासकीय अधिकृतसहित २६ उपसचिवको सरुवा गरेको छ। विभिन्न मन्त्रालय, आयोग, विभाग, जिल्ला प्रशासन कार्यालय तथा स्थानीय तहमा कार्यरत उपसचिव तथा सोसरहका कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको मन्त्रालयले जनाएको हो ।् मन्त्रालयले १६ जना प्रमुख प्रशासकीय अधिकृत, आठ जना उपसचिव, एक निर्देशक र जिल्ला समन्वय अधिकारीसमेतको सरुवा गरेको हो ।