NIMB Long Banner Ad

२०८३ भाद्र २७ गते शनिबार, 12 सेप्टेम्बर सन् 2026 को राशिफल

1.38K
shares

पञ्चाङ्ग:वि.सं. २०८३ भाद्र २७ शनिबार, ई.सं. 12 September सन् 2026,पक्ष: भाद्र शुक्लपक्ष प्रतिपदातिथि बिहान ८:०४ सम्म, त्यसपछि द्वितीया,नक्षत्र: उत्तरफाल्गुनी दिउँसो १:१४ सम्म, त्यसपछि हस्ता,योग: शुभ दिउँसो ३:२८ सम्म, त्यसपछि शुक्ल योग, करण: बव,चन्द्रराशि: कन्या, सूर्योदय ०५:४८, सूर्यास्त १८:१४ आज जन्मिने बच्चाको राशि कन्या ।विशेष: गुँला पर्व समाप्ति।आज शनिबार शनि देवको स्मरण , तिल र कालो वस्तु दान गर्नु शुभ मानिन्छ। यात्रामा निस्कदा जिरा वा अदुवा खाएर निस्कनु शुभ हुनेछ ।

image

कामप्रति उत्साह बढ्नेछ, लामो समयदेखि बाँकी जिम्मेवारी पूरा गर्ने अवसर मिल्न सक्छ। मेहनतले वरिष्ठ व्यक्तिको ध्यान तान्नेछ, पुरानो सम्पर्कबाट फाइदा।

image

स्थिर भएर अघि बढ्दा राम्रो परिणाम आउने पक्का छ । व्यापारमा नियमित कारोबारबाट लाभ मिल्नेछ। आर्थिक बचततर्फ ध्यान दिन सकिने दिन।

image

बुधको प्रभावले बोली र विचारको सही उपयोग हुनेछ । महत्त्वपूर्ण छलफल वा भेटघाटबाट नयाँ अवसर प्राप्त हुन सक्छ।

image

सबैलाई समेटेर काम लिन नसक्दा पछि परिने छ । योजना अधुरै रहने योग। ईर्ष्या गर्नेहरू सक्रिय रहने भएकाले योजना गोप्य राख्नु नै उत्तम हुनेछ ।

image

नयाँ जिम्मेवारी र मान-सम्मान मिल्ने दिन छ । कामको चापले थकान हुन सक्छ। परिवारको साथ मिल्नेछ।

image

व्यवस्थित कामले फाइदा हुनेछ । हिसाबकिताब र लेखनमा प्रगति। परिवारमा तपाईंको सल्लाह महत्वपूर्ण बन्नेछ।

image

सम्बन्ध र सहकार्यमा सकारात्मकता अपनाउनु होला । नयाँ प्रस्ताव आउन सक्छ तर आकर्षक देखिएको हरेक अवसर तुरुन्त नलिनु होला ।

image

साहस र निर्णय क्षमता बढ्ने छ । चुनौतीपूर्ण काम सम्हाल्ने हिम्मत जुट्नेछ। आर्थिक आकस्मिक खर्च आउन सक्छ।

image

नयाँ ज्ञान र अनुभवी व्यक्तिको सुझावले लाभ मिल्नेछ । यात्रासँग सम्बन्धित काममा प्रगतिहुनेछ । यात्रा फलदायी रहनेछ ।

image

धैर्यपूर्वक काम गर्नुपर्ने दिन छ । योजनाबद्ध भएमा काम पूरा हुनेछ। खर्च नियन्त्रण आवश्यक देखिन्छ ।

image

नयाँ विचार र सम्पर्कले परिवर्तन ल्याउन सक्छ । सिर्जनात्मक सोचको प्रशंसा हुनेछ। आफन्त,मिलन हुनेछ ।

image

आर्थिक सुधार र प्रेममा आत्मीयता बढ्ने छ । सामाजिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। अचानक लाभ हुने। मनमा,शान्ति मिल्नेछ ।

~ज्यो. कलानिधी WhatsApp 9803032959