मनाङ जाने यात्रुलाई सूचना : धारापानीमा सडक ५ बजेसम्म बन्द
वि.सं.२०८३ भदौ २७ शनिवार १२:१९
260
shares
shares

काठमाडौँ । मनाङतर्फ जाने यात्रुले आज धारापानीमा सडक बन्द हुने भएकाले आफ्नो यात्रा तालिका मिलाउनुपर्ने भएको छ । बेँसीसहर–चामे सडकअन्तर्गत मनाङको नासो गाउँपालिका–३ धारापानीमा बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म सवारी आवागमन रोकिएको हो ।
धारापानी क्षेत्रमा करिब ५० मिटर सडक ढलान गर्ने काम भइरहेकाले सडक पूर्ण रूपमा बन्द गरिएको मनाङका प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले जानकारी दिनुभयो ।
उहाँका अनुसार १३५ मेगावाट क्षमताको मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाले सडक ढलान गर्न लागेको हो । सडक साँघुरो हुनुका साथै दुवैतर्फ घर रहेकाले काम भइरहँदा सवारीसाधन सञ्चालनका लागि वैकल्पिक व्यवस्था गर्न नसकिने भएपछि सडक बन्द गरिएको हो ।
ढलानको काम सकिएपछि बेलुका ५ बजेपछि सडक पुनः सञ्चालनमा आउने जनाइएको छ ।
















