आत्महत्या रोकथामका लागि मानसिक स्वास्थ्य परामर्श सामाजिक सहयोग र समयमै पहिचान आवश्यक
वि.सं.२०८३ भदौ २७ शनिवार १४:१७
988
shares
shares

काठमाडौँ । नेपालमा पछिल्लो समय आत्महत्या गर्नेको संख्या बढ्दै गएको तथ्यांकले देखाएइ छ । बिगत दुई वर्षको तथ्यांकलाई हेर्ने हो भने १३ हजार ७ सय ६६ जनाले आत्महत्या गरेको नेपाल प्रहरीले जनाएको छ । पछिल्लो समय तथ्यांक बढ्दै जादा आत्महत्या रोकथामका लागि मानसिक स्वास्थ्य परामर्श, सामाजिक सहयोग र समयमै पहिचान आवश्यक रहेको विज्ञहरूको ठहर रहेको छ ।
आत्महत्या गर्नेहरूमध्ये ८३.५ प्रतिशतले झुन्डिएर र १५ प्रतिशतले विष सेवन गरेको पाइनुले पनि परिस्थिति थप बिकराल हुन सक्ने आकलन समेत समेत सुरु भएको छ। सरकारले मानसिक रोगलाइ हल्का रूपमा लिन नहुनेसमेत बिज्ञहरुले बताएका छन् ।बिश्व मानसिक दिवसको अवसरमा राजधानीमा आयोजित विभिन्न कार्यक्रममा बिज्ञहरुको यस्तो सुझाव आएको हो ।

















