NIMB Long Banner Ad

भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति

377
shares

काठमाडौँ। रसुवाको भोटेकोशीमा आएको बाढीले १२ वटा बैंकका १७ शाखामा क्षति पुर्‍याएको छ । राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कन (आरडिएनए) प्रतिवेदनअनुसार बैंकका शाखामा मात्रै ७२ करोड ४० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

प्रतिवेदनअनुसार सबैभन्दा बढी क्षति कृषि विकास बैंकको एउटा शाखामा भएको छ । उक्त शाखामा ६५ करोड रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ । त्यस्तै, सिटिजन बैंकमा एक करोड ५६ लाख, लक्ष्मी सनराइजमा एक करोड १२ लाख तथा हिमालय र माछापुच्छ्रे बैंकमा ७५र७५ लाख रुपैयाँको क्षति भएको छ ।

नुवाकोटको विदुर नगरपालिकामा बैंकका चार शाखामा ६७ करोड १३ लाख रुपैयाँ बराबरको क्षति भएको छ । रसुवाको गोसाइँकुण्डमा ११ शाखामा चार करोड २३ लाख, कालिकामा २८ लाख र उत्तरगयामा ७५ लाख रुपैयाँको क्षति भएको प्रतिवेदनमा उल्लेख छ ।

बैंकका शाखाबाहेक प्रभावित क्षेत्रमा थप १९ करोड ५९ लाख रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ ।