एसीसी मेन्स प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट
वि.सं.२०८३ भदौ २७ शनिवार २०:१९
1.78K
shares
shares

भाद्र २७ काठमाडौ । नेपालले एसीसी मेन्स प्रिमियर कप–२०२६ को उपाधि जितेको छ। मलेसियाको बायुमास ओभलमा शनिबार सम्पन्न खेलमा युएईलाई ४४ रनले हराउँदै नेपालले उपाधि जितेको हो।
जितसँगै नेपाल एसिया कपका लागि छनोट भएको छ। नेपालले दिएको ३ सय १४ रनको लक्ष्य पछ्याएको युएई ४९.१ ओभरमा अलआउट हुँदै २ सय ६८ रनमा समेटिन पुग्यो ।त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३ सय १३ रन बनाउन सफल भयो ।















