NIMB Long Banner Ad

भारतको नयाँ दिल्लीमा १८ औं ब्रिक्स सम्मेलन सुरु

689
shares

भाद्र २७ काठमाडौं। भारतको नयाँ दिल्लीमा १८ औं ब्रिक्स सम्मेलन सुरु भएको छ । शनिबारबाट शुरु भएको सम्मेलन आइतबारसम्म चल्ने भएको हो । विगत चार वर्षदेखि चलिरहेको रुस–युक्रेन युद्ध र अमेरिका– इरान युद्धले सिर्जना गरेको विश्‍वव्यापी मूल्यवृद्धि र ऊर्जा संकटबीच यस सम्मेलनमा उदयीमान अर्थतन्‍त्रका चुनौती र संभावनाबारे छलफल जारी छ । ब्रिक्स सम्मेलनमा बोल्दै चिनियाँ राष्ट्रपति सी जिनपिङले पश्चिम एशियामा चलिरहेको युद्ध कसैको हितमा नरहेको बताउनु भएको छ । जारी युद्धले पश्चिम एशिया क्षेत्रमा ठूलो जनधनको क्षति निम्त्याएको छ भने अन्तर्राष्ट्रिय समुदायको साझा हितलाई राम्रो नगर्ने सीलाई उद्रृत गर्दै चिनियाँ समाचार एजेन्सी सिनुवाले जनाएको छ। भारतका प्रधानमन्‍त्री नरेन्द्र मोदीले अरुले थोपरिदिएका नियम मानेर उदयीमान राष्ट्रहरु बस्‍न नसक्ने बताउदै ’विश्‍वका चुनौतीहरु समाधान गर्न उदयीमान राष्ट्रहरुले नै नियम बनाउनुमा जोड दिनुलाई निकै अर्थपुर्ण ढंगबाट हेरिएको छ ।विश्वको झन्डै आधा जनसंख्या र विश्व अर्थतन्त्रको झन्डै ४० प्रतिशत हिस्सा ओगट्ने ब्रिक्स सदस्य राष्ट्रहरु पछिल्ला वर्षमा प्रभावशाली बन्दै गइरहेको अर्थ विश्लेषकहरुको ठहर छ ।