NIMB Long Banner Ad

वैकल्पिक मार्गबाट पाँच दिनमा उपत्यकामा भित्रियो दुई लाख ३३ हजार सिलिण्डर ग्यास

221
shares

काठमाडौँ। पृथ्वी राजमार्गको कृष्णभिरमा पहिरो गएपछि अवरुद्ध आपूर्ति व्यवस्थालाई सहज बनाउन वैकल्पिक मार्गबाट काठमाडौँ उपत्यकामा पाँच दिनमा दुई लाख ३३ हजार ६६२ सिलिण्डर ग्यास ल्याएर बिक्री गरिएको छ ।

नेपाल आयल निगमका अनुसार सोमबारदेखि शुक्रबारसम्म दैनिक ४० हजारदेखि ५३ हजारसम्म सिलिण्डर बिक्री भएका छन् ।

निगमले भदौ १४ गतेदेखि काठमाडौँ, धादिङ र काभ्रेका उद्योगका सिलिण्डर तराईका उद्योगमा रिफिल गरी वैकल्पिक बाटोबाट उपत्यकामा ल्याउने व्यवस्था मिलाएको थियो ।

पृथ्वी राजमार्ग नियमित सञ्चालनमा नआएसम्म यही व्यवस्थाबाट ग्यास आपूर्ति गरिने निगमले जनाएको छ ।