२०८३ भाद्र २८ गते आइतबार, 13 सेप्टेम्बर सन् 2026 को राशिफल
वि.सं.२०८३ भदौ २८ आइतवार ०६:३९
shares

आज मिति वि.सं. २०८३ भाद्र २८ आइतबार, तदनुसार 13 सेप्टेम्बर सन् 2026, तिथि: भाद्र शुक्लपक्ष द्वितीया ०७:१९ सम्म, त्यसपछि तृतीया,नक्षत्र: हस्त १४:३० सम्म, त्यसपछि चित्रा,योग: शुभ / शुक्ल, चन्द्रराशि: कन्या,सूर्योदय: ०५:४८, सूर्यास्त: १८:१३,आज जन्मिने बालक कन्या राशिको हुनेछ । आइतबार सूर्यको दिन भएकोले सूर्यलाई जल अर्पण गर्दा दिन शुभ रहनेछ ।
आज दरखाने दिन ।आइतबार घिउ, पान वा सक्खर खाएर जुनसुकै दिशाको यात्रा गर्दा शुभ फल मिल्नेछ ।यदि लामो यात्रामा हो भने:बिहान ७ बजे भित्र निस्कनु उत्तम रहेने र खाली पेट यात्रा नगर्नु, हल्का घिउ-भात वा दही खाएर निस्कनु शुभ् रहनेछ ।
समाज सेवामा मन लाग्नेछ । यात्रा सुखमय रहनेछ। घरमा पाहुनाको आगमनले मन उत्साहित रहनेछ, तर कार्यक्षेत्रमा शत्रुवर्ग सक्रिय रहन सक्छन् । शुभ रङ्ग पहेँलो, शुभ अंक २ ।
मित्रवर्गको सहयोगले विशेष कार्य सम्पादन हुनेछ । सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ - शुभ रङ्ग निलो, शुभ अंक ३ ।
समयलाई आफ्नो अनुकूल बनाउन सकिनेछ । आफन्तसँग रमाइलो समय बित्नेछ। व्यापारमा नयाँ निर्णय अघि सोचविचार गर्नुहोला । शुभ रङ सेतो, शुभ अंक ४ ।
मन अशान्त रहन सक्छ । आफ्नो कार्य स्वयं गर्ने प्रयास गर्नु। सहयोगीबाट सहयोग मिल्नेछ - शुभ रातो, शुभ अंक ५ ।
मनोरञ्जनमा सोचेर खर्च गर्नुहोला । विद्यार्थीको आत्मविश्वास बढ्नेछ । शुभ रङ हरियो, शुभ अंक ६ ।
सकारात्मक सोच र कडा मेहनतले सफलता मिल्नेछ । गुरुजनको सहयोग मिल्नेछ, पद प्रतिष्ठामा वृद्धि हुनेछ । शुभ रङ् सेतो, शुभ अंक ७ ।
अरूको विवादमा अगाडि नबढ्नु नै राम्रो हुनेछ । पौष्टिक भोजन मिल्नेछ ।कानुनी मामिलामा सावधान रहनु पर्नेछ । शुभ रङ खैरो, शुभ अंक ३ ।
नोकरीमा उन्नतिको अवसर मिल्नेछ । आँटेका कार्य पूरा हुने, योजना सफल रहने - शुभ रङ पहेँलो, शुभ अंक ९।
उच्च पदस्थ व्यक्तिसँग सम्पर्क बढ्ने छ ।व्यापारबाट मनग्य लाभ, नयाँ कार्य थालनी - शुभ रङ हरियो, शुभ अंक ७ ।
मेहनतले सफलता मिल्नेछ । लगनशीलताले आँटेको कार्य समयमा सम्पन्न, प्रतिस्पर्धामा सफलता मिल्नेछ । शुभ रङ सेतो, शुभ अंक ६ ।
विद्यार्थीलाई उच्च शिक्षाको अवसर मिल्नेछ । रचनात्मक कार्यमा सफलता, भाग्योदय हुनेछ ।शुभ रङ हरियो, शुभ अंक ५ ।
सहयोगीबाट अपेक्षित सहयोग नमिल्न सक्छ। व्यर्थको वादविवादबाट बच्नु, प्रेम सम्बन्ध सुमधुर रहनेछ । शुभ रङ हरियो,शुभ अंक ३ ।
~ज्यो. कलानिधी WhatsApp 9803032959
























