नेपाली नारीहरुको महान पर्व हरितालिका तीज पर्व
वि.सं.२०८३ भदौ २९ सोमवार ०७:२१
1.39K
shares
shares

भाद्र २९ काठमाण्डौ – भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास रहँदै आएको छ । तीज व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविाहित केटा केटीले असल वर वा वधु पाउने विश्वास रहँदै आएको छ । सोमबार तीज पर्वको अवसरमा पशुपति क्षेत्रमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । पशुपतिनाथको दर्शन गर्न रातिदेखि नै भक्तजन पुगेका थिए । विहान तीन बजेदेखि नै पशुपतिनाथका चारै ढोका खोलिएको छ । मन्दिर प्रवेश गर्ने भक्तजनका लागि चार वटा दर्शन मार्गको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
















