NIMB Long Banner Ad

२०८३ भाद्र २९ गते सोमबार, 14 सेप्टेम्बर सन् 2026 को राशिफल

2.53K
shares

आज वि.सं. २०८३ भाद्र २९ गते सोमबार तदनुसार 14 सेप्टेम्बर सन् 2026,नेपाल संवत् ११४६ ञलाथ्व तृतीया, रौद्र संवत्सर, दक्षिणायन, वर्षा ऋतु, भाद्र शुक्लपक्ष तृतीया तिथि,नक्षत्र: चित्रा, योग: ब्रह्म, करण: गर,चन्द्रराशि: तुला, सूर्योदय: ०५:४९, सूर्यास्त:१८:१२,राहुकाल: बिहान ०७:२१ देखि ०८:५३ सम्म, राहुकालको समयमा शुभकार्य नगर्नु नै राम्रो हुनेछ ।आज जन्मिने बच्चा तुला राशिको हुनेछ भनेशिवजीको दिन भएकोले शिव अभिषेक गर्दा शुभ हुनेछ । आज हरितालिका तीज पर्व(निर्जल व्रत) । आज यात्रामा निस्कदा दही वा दुध खाएर निस्कनु शुभ मानिन्छ ।

image

नयाँ कामप्रति उत्साह बढ्नेछ । रोकिएको जिम्मेवारी पूरा गर्ने अवसर मिल्नेछ। भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ।

image

स्थिर सोच र धैर्यले फाइदा, पुरानो मेहनतको परिणाम देखिन थाल्नेछ। भौतिक साधन जुट्ने र आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ।

image

बोली र विचार प्रभावकारी रूपमा प्रयोग हुनेछ, महत्त्वपूर्ण छलफलबाट लाभ। धार्मिक अनुष्ठान र प्रतिभाको कदर हुने योग छ।

image

चन्द्रमाको प्रभाव मन र परिवारमा बढी, भावनात्मक विषयले ध्यान खिच्न सक्छ। भाग्योन्नतिको समय छ, ब्यवसायमा राम्रै लाभ।

image

आत्मविश्वास र नेतृत्व बलियो रहनेछ, क्षमता प्रमाणित गर्ने अवसर। नियमित कार्यमा केही चुनौती बढ्न सक्छ तर प्रयत्नले सफलता मिल्नेछ।

image

सानो कुरामा मा ध्यान दिने क्षमताले फाइदा, कागजी काम र हिसाबकिताब सहज रूपमा पूरा हुनेछ। सामान्य कामबाट पनि राम्रो लाभ।

image

सम्बन्ध र सहकार्यमा सकारात्मकता, नयाँ सहकार्यको प्रस्ताव आउन सक्छ। नियमित कार्यबाट फुर्सदिलो अनुभूति भइ सामाजिक काममा रुचि बढ्ने।

image

खर्च र विवाद बढ्न सक्छ, तर मिहिनेतले चुनौती पार गर्न सकिनेछ। नयाँ योजना गोप्य राख्नु राम्रो।

image

अवसरहरू प्राप्त हुने, दिगो आम्दानी हुने काम सुरु गर्ने मौका, मित्रको सहयोगले काम बन्नेछ।

image

कर्मयोगमा सुधार, नयाँ जिम्मेवारीले व्यस्तता बढ्ने तर सम्मान पनि मिल्नेछ।

image

भाग्यले साथ दिने, यात्रा र अध्ययनमा प्रगति, पुरानो रोकिएको काम बन्नेछ।मनमा उत्साह जाग्नेछ ।

image

खर्च बढ्ने र गोपनीयता भंग हुन नदिनु नै राम्रो हुनेछ । स्वास्थ्यमा ध्यान दिनुपर्ने छ । बिगतको कामले चिन्तित बनाउनेछ । साथिभाइ रुष्ट हुन सक्नेछन् ।

~ज्यो.कलानिधी WhatsApp 9803032959