कृष्णभीरमा नयाँ ट्र्याक खुलेपछि सडक सञ्चालन
वि.सं.२०८३ भदौ २८ आइतवार १७:५१
689
shares
shares

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा भासिएको सडकभन्दा माथि नयाँ ट्र्याक खोलेर आजदेखि सडक सञ्चालनमा ल्याइएको छ ।
भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले भदौ १४ गते सडक भासिएको थियो । नयाँ ट्र्याकबाट आज ग्यास बुलेट र ट्रकहरू परीक्षणका रूपमा एकतर्फी सञ्चालन गरिएको हो ।
सडकको ग्राभेलिङ र कम्प्याक्सनको काम बाँकी रहेकाले तत्काल ठूला सवारीसाधनलाई मात्र सञ्चालन गरिने जनाइएको छ ।
















