NIMB Long Banner Ad

तीजका दिन महिला प्रमुख जिल्ला अधिकारीहरु भने कार्यस्थल मै ब्यस्त

1.59K
shares

भाद्र २९ काठमाडौं। नेपालीहरुको महान पर्व हरितालिका तीज पर्वका दिन १२ महिला प्रमुख जिल्ला अधिकारी (सिडियो) भने कार्यालयमा ब्यस्त रहेका छन् । सरकारले महिला कर्मचारीहरुलाइ तीज पर्वका अवसरमा बिदा दिदै आएता पनि सिडियो पद आफैमा जिम्मेवारी पुर्ण पद भएकोले पनि महिला सिडियोहरु कार्यालयमा ब्यस्त हुनुपरेको हो । सरकारले देशभरका एक दर्जन जिल्लामा महिला प्रमुख जिल्ला अधिकारी (सिडिओ) पठाएको छ । डोटी, बैतडी,धनकुटा, तेह्रथुम, सिन्धुली, रामेछाप, दोलखा, धादिङ, मुस्ताङ, रुकुम पूर्व, डोल्पा र सल्यानमा महिला सिडिओ रहदै आएका छन् ।रामेछापमा बिनु बज्राचार्य कुँबर, दोलाखामा रेखा कँडेल, धादिङमा लक्ष्मी पाण्डेय,धनकुटामा रूद्रादेवी शर्मा, सिन्धुलीमा स्किम श्रेष्ठ, र डोटीमा कल्पना घिमिरे नेपाल सिडिओको भूमिकामा रहदै आउनु भएको छ । त्यस्तै कोपिला राई रूकुम पूर्व, जुनु हमाल ढकाल डोल्पा, अजिता शर्मा मुस्ताङ, वन्दनाकुमारी केसी सल्यान,तेह्रथुममा बन्दना राई र मिना अर्यालले बैतडीको सिडिओ चलाइरहेका छन्। तेह्रथुमकी सिडिओ बन्दना राईको भने कंचनपुरको स्थानीय तहमा सरूवा भइसकेको छ् ।