नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष पक्राउ
वि.सं.२०८३ भदौ २९ सोमवार १९:२२
2.08K
shares
shares

भाद्र २९ काठमाडौँ । नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ पक्राउ परेका छन्। अध्यक्ष तामाङ बैंकिङ कसुरसम्बन्धी मुद्दामा परेका हुन् । प्रधानमन्त्री वालेन्द्र शाहसँगको छलफलमा सहभागी भएर फर्किने क्रममा प्रहरीले उनलाई सिंहदरबार गेटबाट नियन्त्रणमा लिएको हो ।अध्यक्ष तामाङलाई बैंकिङ कसुरसम्बन्धी मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता दान बहादुर थापाले बताउनु भएको हो । पक्राउ परेका अध्यक्ष तामाङलाई दरबारमार्ग प्रहरी वृत्तमा बुझाइएको प्रहरीले जनाएको छ । पक्राउसँग सम्बन्धित बैंकिङ कसुरको मुद्दाको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।
















