आईसीयूमै अन्तर्वार्ता लिएको विषयमा सांसद बाँस्कोटाको प्रश्न
वि.सं.२०८३ भदौ ३० मंगलवार १६:५२
1.85K
shares
shares

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समीक्षा बाँस्कोटाले आईसीयूमा उपचाररत बिरामीसँग अन्तर्वार्ता लिएको घटनाबारे प्रतिनिधिसभामा प्रश्न उठाउनुभएको छ।
आजको बैठकमा उहाँले रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाबाट १० दिनपछि उद्धार गरिएका एक व्यक्तिसँग छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालको आईसीयूमा अन्तर्वार्ता लिई युट्युबमार्फत प्रसारण गरिएको विषय उठाउनुभयो।
आईसीयूमा जटिल अवस्थामा रहेका बिरामीको उपचार हुने भएकाले स्वास्थ्य, गोपनीयता र सङ्क्रमण नियन्त्रणलाई सर्वोच्चता दिनुपर्ने उहाँले बताउनुभयो।
‘आईसीयूबाट सार्वजनिक भएको अन्तर्वार्ताले हाम्रो संवेदनशीलतालाई उदाङ्गो पारेको छ। विपद्मा स्वास्थ्य पत्रकारिताको सीमा के हो ?’ उहाँले प्रश्न गर्नुभयो।
















