अर्थमन्त्रीको कार्ययोजनापछि सेयर बजारमा हरियाली
वि.सं.२०८३ भदौ ३० मंगलवार १७:०९
234
shares
shares

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले ‘पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ ल्याएपछि मंगलबार सेयर बजारमा सकारात्मक प्रभाव परेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक मंगलबार ४८.५७ अंकले बढेर २६३३.६२ बिन्दुमा पुगेको छ। कारोबार रकम पनि बढेर ८ अर्ब २९ करोड १७ हजार रुपैयाँ पुगेको छ।
कारोबार भएका कम्पनीमध्ये २६५ वटाको सेयर मूल्य बढ्दा १२ वटाको घटेको छ। एउटा कम्पनीको मूल्य स्थिर रह्यो। नेप्से बढेसँगै सबै समूहका उपसूचक पनि सकारात्मक बनेका छन्।
सोमबार सार्वजनिक गरिएको पुँजी बजारसम्बन्धी कार्ययोजनाले भने बजारमा सकारात्मक गति दिएको अनुमान गरिएको छ।
















