NIMB Long Banner Ad

२०८३ भाद्र ३१ गते बुधबार, तदनुसार 16 सेप्टेम्बर 2026 को राशिफल

1.42K
shares

आज मिति वि.सं. २०८३ भाद्र ३१ गते बुधबार, ई.सं. 16 सेप्टेम्बर सन् 2026, भाद्र शुक्लपक्ष पञ्चमी तिथि ०८:५७ सम्म, त्यसपछि षष्ठी, नक्षत्र: विशाखा १८:३१ सम्म, त्यसपछि अनुराधा,योग: वैधृति १४:३९ सम्म, त्यसपछि विष्कुम्भ,करण: बव,चन्द्रराशि: तुला १२:०२ सम्म, त्यसपछि वृश्चिक,सूर्योदय ०५:५०, सूर्यास्त १८:०६,ऋतु: वर्षा, अयन,दक्षिणायन,आज ओजोन तह संरक्षणको अन्तर्राष्ट्रिय दिवस । शुभ यात्राको लागि: तिल वा मिठाइ खाएर निस्कनु शुभ हुनेछ ।मध्याह्न १२:०२ अगाडि जन्मिने बच्चा तुला राशि, त्यसपछि वृश्चिक राशिको हुनेछ।

image

चिताएको काम बिहानै गर्दा फाइदा, रमाइलो यात्रा र आतिथ्यपूर्ण सम्मान मिल्नेछ। मध्याह्नपछि हिसाबमा ढिलाइ हुन सक्छ।

image

बिहान प्रतिस्पर्धा बढ्ने, काम दोहोर्याउनुपर्ने, तर मध्याह्नपछि मिहिनेतको राम्रो फल, आयस्रोत बढ्नाले उत्साह जाग्ने।

image

बिहानको समय अनुकूल, परिवारको साथले नयाँ आशा, मनपर्ने भौतिक साधन जोड्ने समय, पहिले ईर्ष्या गर्नेहरूले सहयोग गर्न थाल्नेछन्।

image

बिहान काम सन्तोषजनक नभए पनि बिस्तारै डर हराउने, मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका, अध्ययनमा प्रगति।

image

विविध सहयोग र उपहार प्राप्त हुने, दिगो फाइदा हुने काममा लगानीको अवसर, आरोग्यता र पराक्रम बढ्ने।

image

प्रेम र मित्रताको बन्धन कसिने, दाम्पत्य सुखमा रमाउने, आर्थिक लाभ र भौतिक वस्तु प्राप्ति।

image

मिश्रित फल, समयमै आँट नगर्दा योजना कार्यान्वयन नहुन सक्छ, बोली र व्यवहारमा संयमता अपनाउनु।

image

शक्तिशाली व्यक्तिसँग प्रतिस्पर्धा हुन सक्छ, आफ्नाले धोका दिन सक्छन् तर रोकिएका काम सम्पादन हुने।

image

नियमित कार्यमा जाँगर बढ्ने, बिछोडिएका आफन्तसँग भेटघाट, स्वादिष्ट भोजनको अवसर।यात्रा नजिकको तर लाभदायी रहनेछ ।

image

कार्यस्थलमा जिम्मेवारी कुशलतापूर्वक सम्हाल्न सकिने, वरिष्ठको मार्गदर्शन मिल्ने,प्रतिस्पर्धामा पछि परिने छ । चिन्ता बढ्न सक्छ ।

image

भाग्यले साथ दिने, यात्रा र अध्ययनमा प्रगति हुनेछ । आफन्त मिलन हुनेछ । अचानक उपहार मिल्नेछ ।

image

खर्च र गोपनीयतामा ध्यान दिनुपर्ने, लेनदेनमा सजग रहनु होला । अफन्त भनिएका बाट नै धोका हुन सक्छं। लामो यात्रको तयारीमा लागिने छ ।

~ज्यो.कलानिधी WhatsApp 9803032959