NIMB Long Banner Ad

बाढीपीडितको अवस्था अध्ययन गर्न एक हप्ताभित्र संसदीय विशेष समिति गठन हुने

624
shares

काठमाडौँ । बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्निर्माणको अवस्था अध्ययन गर्न एक हप्ताभित्र संसदीय विशेष समिति गठन हुने भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाउनुभएको सर्वदलीय बैठकले संसद्मा रहेका दलहरूको सिट सङ्ख्याका आधारमा प्रतिनिधित्व हुने गरी समिति गठन गर्ने निर्णय गरेको हो ।

बैठकपछि रास्वपाका प्रवक्ता जगदीश खरेलले भोटेकोशीलगायत प्रभावित क्षेत्रमा सरकार र राजनीतिक दलहरूले गरेका कामको समीक्षा गरिएको जानकारी दिनुभयो ।

विशेष समितिले प्रभावित क्षेत्रको अध्ययन, छानबिन तथा समन्वय गर्नेछ । समितिको कार्यक्षेत्र (टिओआर) भने तय हुन बाँकी छ ।

बैठकले रवि लामिछाने संयोजक रहेको सर्वदलीय राजनीतिक संयन्त्रलाई पनि कायमै राख्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको आसन्न संयुक्त राष्ट्रसङ्घ भ्रमणमा जलवायु न्याय र वातावरणीय क्षतिपूर्तिको विषय सशक्त रूपमा उठाउन पनि सुझाव दिइएको छ ।