आजदेखि कृष्णभीरमा दुईतर्फी गाडी चल्न थाले
वि.सं.२०८३ असोज १ बिहीवार ०७:४६
390
shares
shares

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा नयाँ ट्र्याक बनाएपछि आज बिहानदेखि दुईतर्फी गाडी सञ्चालनमा आएका छन् ।
भोटेकोशी नदीमा आएको बाढीले भदौ १० र १४ गते सडक भासिएपछि नयाँ ट्र्याक निर्माण गरिएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ । गएरातिदेखि नै गाडी आवतजावत भए पनि बिहानदेखि सडक पूर्ण रूपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।
सडकका विभिन्न ठाउँमा पहिरो, ढुंगा–माटो खस्ने तथा सडक भासिने जोखिम कायमै रहेकाले चालक र यात्रुलाई सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ ।छ
कृष्णभीर सञ्चालनमा आएसँगै नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा भइरहेको पहिरो रोकथामको काम तत्काल रोकेर गाडीलाई गन्तव्यतर्फ पठाउन थालिएको प्रहरीले जनाएको ।
















