NIMB Long Banner Ad

घरपझोङले गाउँपालिकाले जारी गर्‍यो ४९ बुँदे जलवायु परिवर्तन घोषणापत्र

966
shares

काठमाडौँ – मुस्ताङको घरपझोङ गाउँपालिकाले जलवायु परिवर्तनको असर न्यूनीकरण तथा हिमाली क्षेत्रको संरक्षणका लागि ४९ बुँदे ‘घरपझोङ जलवायु परिवर्तन घोषणापत्र–२०८३’ जारी गरेको छ ।

दुईदिने घरपझोङ जलवायु परिवर्तन सम्मेलनको समापनसँगै जारी घोषणापत्रमा जलवायु न्यायलाई मूल मुद्दा बनाउँदै हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिनुपर्ने उल्लेख छ ।

घोषणापत्रले जलवायु जोखिमको पहिचान तथा नक्साङ्कन, पूर्वसूचना प्रणाली विस्तार, जलवायु उत्थानशील पूर्वाधार, सुरक्षित बस्ती विकास र जलवायु अनुकूल कृषि तथा पशुपालनलाई प्राथमिकता दिएको छ ।

त्यस्तै, जलवायु वित्तमा स्थानीय तहको प्रत्यक्ष पहुँच, स्थानीय जलवायु कोष, जलवायुजन्य हानि तथा क्षतिको मान्यता र हिमाली समुदायको अस्तित्व संरक्षणमा जोड दिइएको छ ।

महिला, सीमान्तकृत समुदाय र युवाको सहभागिता, स्थानीय ज्ञानको उपयोग, हरित रोजगारी तथा नवीकरणीय ऊर्जाको प्रवद्र्धन र तीन तहका सरकारबीच सहकार्यलाई पनि घोषणापत्रमा समेटिएको छ ।

सम्मेलनमा सातै प्रदेशका ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी भएका थिए ।