२०८३ साल असोज ३ गते शनिवार (तदनुसार १९ सेप्टेम्बर २०२६) को राशिफल
वि.सं.२०८३ असोज ३ शनिवार ०६:३०
shares

आज मिति २०८३ असोज ३ गते शनिवार तदनुसार १९ सेप्टेम्बर सन् २०२६,भाद्र शुक्ल पक्ष अष्टमी तिथि,नक्षत्रः मूल,योगः सौभाग्य – करणः वणिज नेपाल संवत्ः ११४६ ञंलाथ्व,सूर्य कन्या राशिमा,चन्द्रमा धनु राशिमा,आज संविधान दिवस, गोरखकाली पूजा र राधा जन्मोत्सव ।
आत्मबल र पराक्रममा वृद्धि हुनेछ। रोकिएका कामहरू सहजै बन्नेछन् भने नयाँ अवसरहरू हात पर्नेछन्। लामो यात्रामा परिनेछ ।
आर्थिक दृष्टिले दिन शुभ रहनेछ। बोलीको प्रभाव बढ्नेछ र मिठासपूर्ण बोलीले कामहरू सुल्झाउन मद्दत गर्नेछ। प्रेम संवन्ध गाढा हुँदै जानेछ ।
सहकर्मीहरूसँगको सहकार्य फलदायी हुनेछ। रचनात्मक कार्यमा मन जानेछ र रमाइलो भेटघाटको योग छ। उपाहार प्राप्ती हुनेछ ।
पारिवारिक सुख–शान्ति कायम रहनेछ। व्यवसायमा धैर्यता राखेमा राम्रो लाभ मिल्नेछ। स्वास्थ्यमा केही सजग रहनुहोला।
नेतृत्वदायी भूमिकामा सफलता मिल्नेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्दै नयाँ योजना अघि बढाउन सकिनेछ।
बुद्धिमत्ता र सुझबुझले कामहरू फत्ते हुनेछन्। हिसाब–किताब र कागजी काममा विशेष ध्यान दिनुहोला।
कला र सौन्दर्यप्रतिको अभिरुचि बढ्नेछ। सामाजिक प्रतिष्ठामा वृद्धि हुनुका साथै नयाँ लगानीको अवसर मिल्न सक्छ।
वैदेशिक वा टाढाको कामबाट सफलता र धनलाभ हुने योग छ। अधुरा योजनाहरू पुनः सुरु गर्न सकिनेछ।
धार्मिक र परोपकारी काममा मन जानेछ। रोकिएका धन प्राप्त हुनेछ र शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ।
कार्यक्षेत्रमा अग्रज तथा वरिष्ठ व्यक्तिहरूको सहयोग मिल्नेछ। निरन्तरको प्रयासले कठिन काम पनि पूरा हुनेछन्।
समाज र कार्यक्षेत्रमा मानसम्मान एवं प्रशंसा मिल्नेछ। आत्मविश्वासका साथ नयाँ सम्भावनाको ढोका खोल्न सकिनेछ। मान सम्मान मिल्नेछ ।
खानपान स्वास्थ्यमा विशेष ध्यान दिनुपर्नेछ। संयमता र विवेकपूर्ण निर्णयले दिनलाई सामान्य र फलदायी बनाउन सकिनेछ। प्रशंसाको पात्र बनिने छ ।
~ज्यो.कलानिधी WhatsApp 9803032959

























