माथिल्लो त्रिशूली–१ को सुरुङमा थप ५ शव भेटिए, संख्या १८ पुग्यो
वि.सं.२०८३ असोज ३ शनिवार ०८:१४
299
shares
shares

काठमाण्डौ । रसुवाको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङभित्र थप ५ वटा शव भेटिएका छन् ।
यससँगै एउटै सुरुङबाट भेटिएका शवको संख्या १८ पुगेको छ । यसअघि अडिट–३ टनेलमा डन्डीको जालीभित्र अल्झिएको अवस्थामा ६ वटा शव फेला परेका थिए । त्यसपछि खोजीका क्रममा थप ७ र बेलुका ५ शव भेटिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
आयोजनाको ९.८ किलोमिटर लामो सुरुङमध्ये मैलुङबाट करिब साढे पाँच किलोमिटर उत्तरतर्फ दल्दुङ खोला अडिट–३ को झण्डै १०० मिटरभित्र शव भेटिएका हुन् ।
भदौ १० गते बाढी आउँदा सुरुङभित्र कति मजदुर प्रवेश गरेका थिए भन्ने यकिन विवरण छैन । फेला परेका शवको पहिचान तथा सनाखत हुन बाँकी छ । आयोजना २१६ मेगावाट क्षमताको हो ।
















