शनिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
वि.सं.२०८३ असोज ३ शनिवार ०८:२४
shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ १० पैसा र बिक्रीदर १५३ रुपैयाँ ७० पैसा तोकिएको छ । युरो एकको खरिददर १७५ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७६ रुपैयाँ ५२ पैसा तथा पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ६९ पैसा र बिक्रीदर २०५ रुपैयाँ ५० पैसा कायम गरिएको छ ।
यस्तै, स्वीस फ्र्याङ्क एकको खरिददर १८५ रुपैयाँ ६५ पैसा, अस्ट्रेलियन डलर १०९ रुपैयाँ ८ पैसा, क्यानेडियन डलर १०९ रुपैयाँ ३७ पैसा र सिङ्गापुर डलर ११९ रुपैयाँ ८५ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ ७० पैसा, चिनियाँ युआन एकको २२ रुपैयाँ ८६ पैसा, साउदी रियाल ४० रुपैयाँ ७६ पैसा र कतारी रियाल ४१ रुपैयाँ ९९ पैसा रहेको छ ।
भारतीय १०० रुपैयाँको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ ।
राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने दर भने फरक हुन सक्नेछ ।
















