डलरको मूल्य स्थिर, युरो १७६ रुपैयाँ नजिक
वि.सं.२०८३ असोज ४ आइतवार ०८:२०
shares

काठमाडौँ । असोज ४ गते । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जसअनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ १० पैसा र बिक्रीदर १५३ रुपैयाँ ७० पैसा तोकिएको छ।
युरो एकको खरिददर १७५ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७६ रुपैयाँ ५२ पैसा तथा पाउन्ड स्ट्रलिङको खरिददर २०४ रुपैयाँ ६९ पैसा र बिक्रीदर २०५ रुपैयाँ ५० पैसा कायम गरिएको छ।
त्यस्तै, अष्ट्रेलियन डलरको बिक्रीदर १०९ रुपैयाँ ५१ पैसा, क्यानेडियन डलरको १०९ रुपैयाँ ८० पैसा, चिनियाँ युआनको २२ रुपैयाँ ९५ पैसा र भारतीय रुपैयाँ १०० को १६० रुपैयाँ १५ पैसा रहेको छ।
जापानी येन १० को बिक्रीदर ९ रुपैयाँ ७३ पैसा, साउदी रियालको ४० रुपैयाँ ९२ पैसा र कतारी रियालको ४२ रुपैयाँ १६ पैसा तोकिएको छ।
राष्ट्र बैंकले विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने दर भने फरक हुनसक्नेछ।
















