NIMB Long Banner Ad

असोज ८ देखि ठूलो वर्षाको चर्चा, मौसम विभाग भन्छ– अवस्था अझै स्पष्ट छैन

782
shares

काठमाण्डौ । असोज ८ देखि १२ गतेसम्म नेपालमा ठूलो वर्षा हुनसक्ने भन्दै सामाजिक सञ्जालमा चर्चा बढेको छ।

त्रिभुवन विश्वविद्यालयका जल तथा मौसमविद् डा. विनोद पोखरेलले पूर्वदेखि पश्चिमसम्म भीषण वर्षा हुनसक्ने भन्दै किसान तथा सर्वसाधारणलाई सतर्क रहन आग्रह गर्नुभएको छ।

मौसम तथा पर्यावरणविद् उज्ज्वल उपाध्यायले पनि बङ्गालको खाडी र अण्डमान सागर आसपास विकसित न्यून चापीय प्रणाली चक्रवातमा परिणत हुनसक्ने र त्यसको प्रभाव असोज ८ देखि १० गतेसम्म नेपालमा पर्न सक्ने उल्लेख गर्नुभएको छ।

तर जल तथा मौसम विज्ञान विभागले भने प्रणाली नेपालबाट टाढा रहेको र अवस्था अझै पूर्ण स्पष्ट भइनसकेको जनाएको छ। विभागका अनुसार असोज ६ गतेपछि पूर्वी नेपालमा आंशिक प्रभाव देखिन सक्ने तथा हप्ताको अन्त्यतिर कोशी, मधेस र बागमतीका केही स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना छ।

विभागले प्रणालीको दिशा परिवर्तन हुनसक्ने भएकाले सामाजिक सञ्जालमा फैलिएका सूचनाभन्दा आधिकारिक मौसम पूर्वानुमानमा ध्यान दिन आग्रह गरेको छ।