नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ लाइसेन्स छपाइ
वि.सं.२०८३ असोज ४ आइतवार १६:२४
429
shares
shares

काठमाण्डौ । सरकारले विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ सुरु गरेको छ।
पहिलो चरणमा मधेश प्रदेशका ३ हजार ८१ वटा लाइसेन्स छपाइ गरी वितरणका लागि सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाइएको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जानकारी दिनुभएको छ।
यातायात व्यवस्था विभागले सेवाग्राहीको चाप र लामो समयदेखि देखिँदै आएको लाइसेन्स छपाइको समस्या समाधान गर्न नयाँ प्रणाली लागू गरेको हो।
नयाँ प्रणालीमा सेवाग्राहीको विवरण सिधै सुरक्षण मुद्रणमा पुग्ने र त्यहाँबाट लाइसेन्स छपाइ गरी हुलाकमार्फत सम्बन्धित यातायात कार्यालयमा पठाउने व्यवस्था गरिएको छ।
यसबाट नयाँ लाइसेन्स लिने तथा नवीकरण गर्ने प्रक्रिया थप छिटो र सहज हुने मन्त्रालयले जनाएको छ।
















