सुनको भाउ तोलामा २१ सयले बढ्यो, चाँदी पनि महँगियो
वि.सं.२०८३ असोज ४ आइतवार १२:११
481
shares
shares

काठमाण्डौ । कारोबार हुने हप्ताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलामा २ हजार १०० रुपैयाँले बढेर ३ लाख ५ हजार २०० रुपैयाँ पुगेको छ।
शुक्रबार सुन तोलामा २ हजार ६०० रुपैयाँले बढेर ३ लाख ३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको भाउ पनि आज तोलामा २० रुपैयाँले बढेर ४ हजार ७९५ रुपैयाँ पुगेको छ।

















