भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ४३६ पुग्यो
वि.सं.२०८३ असोज ४ आइतवार १७:१९
416
shares
shares

काठमाडौँ । भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेको संख्या १ हजार ४३६ पुगेको छ। नेपाल प्रहरीका अनुसार आज बिहानसम्म विभिन्न जिल्लाबाट १ हजार ४३४ शव फेला परेका छन्।
रसुवामा २२३, नुवाकोटमा २०३, धादिङमा ७२, चितवनमा ३६५, गोरखामा ७९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र नवलपरासी पश्चिममा २२२ शव फेला परेका हुन्।
शव पहिचानका लागि मृतक र आफन्त गरी ३ हजार २८३ जनाको डीएनए नमुना सङ्कलन गरिएको छ। हालसम्म १ हजार २९२ शवको व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी तथा राहतका लागि ७ हजार ९७५ प्रहरी परिचालन गरिएको छ भने ४ हजार ६५५ बेपत्ताको खोजी भइरहेको छ।
















