देवानगञ्ज घटनाः युवकको शल्यक्रिया गरि गोली निकालियो
वि.सं.२०८३ असोज ४ आइतवार १७:२९
520
shares
shares

सुनसरी, असोज ४ गते । सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय निरजकुमार यादवको शल्यक्रिया गरी गोली निकालिएको छ।
शनिबार साँझ देवानगन्ज गाउँपालिका–१ मध्यहर्षाहीस्थित बीपी चोकमा गोली लागेका यादवको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। उहाँको कम्मरमुनिको दायाँ तिघ्रामा गोली लागेको थियो।
घटनापछि प्रहरीले देवानगन्ज–२ का १८ वर्षीय विष्णुकुमार यादव र २६ वर्षीय जयकृष्ण यादवलाई पक्राउ गरेको छ। युवतीको विषयलाई लिएर युवाहरूबीच भएको विवाद र रिसइबीका कारण घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
















