NIMB Long Banner Ad

दार्चुलाको महाकाली नगरपालिकामा मनोविकास अभियानको शुभारम्भ

मानसिक स्वास्थ्यको प्रवद्र्धन, रोकथाम, प्रारम्भिक पहिचान तथा पालिकाको मानसिक स्वस्थ्य नीति र प्रणालीलाई सुदृढ गर्ने उद्देश्यले वल्र्डलिंक सीएसआरले विगत पाँच वर्षदेखि विभिन्न जिल्लामा मानसिक स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

4.26K
shares

मानसिक स्वास्थ्यको प्रवद्र्धन, रोकथाम, प्रारम्भिक पहिचान तथा पालिकाको मानसिक स्वस्थ्य नीति र प्रणालीलाई सुदृढ गर्ने उद्देश्यले वल्र्डलिंक कम्युनिकेसन्स लिमिटेडले, आफ्नो सस्थागत सामाजिक उत्तरदायित्व अन्तरगतको कार्यक्रम साइकडेस्क फाउन्डेसन र महाकाली नगरपालिकाको सहकार्यमा मनोविकास अभियान शुभारम्भ गरेको छ।
महाकालीनगरपालिकाका प्रमुख नरसिंह चैसरको अध्यक्षता तथा दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलकोप्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा जिल्ला र स्थानीय सरकारका प्रतिनिधि, शिक्षक, महिला स्वास्थ्य स्वयंसेविका,अभिभावक, विद्यार्थी तथा अन्य सरोकारवालाहरूको उल्लेखनिय सहभागिता रहेको थियो।कार्यक्रममा वल्र्डलिंककी सीएसआर निर्देशक तथा प्रमोटर सेयरहोल्डर, अनुपा भण्डारी जालानले मनोविकास अभियान कुनै एकल कार्यक्रम नभई व्यक्ति, परिवार, विद्यालय, समुदाय र स्थानीय सरकारलाई जोड्दै पालिकाको मानसिक स्वास्थ्य नीति निर्माण र प्रणालीलाई सुदृढ गर्ने साझा प्रयास रहेको बताउनुभयो।

वल्र्डलिंक सीएसआरले विगत पाँच वर्षदेखि विभिन्न जिल्लामा मानसिक स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । साइकडेस्क फाउन्डेसनसँगको तीन वर्षे साझेदारीअन्तर्गत धनगढी, विराटनगर र पोखरामा आत्महत्या रोकथामसम्बन्धी सचेतनामूलक कार्यक्रम र साइड वाक टक कार्यक्रम ३ – ३ महिना गरेर ९ महिना सञ्चालन गरेका थियो। साथै,एक वर्षअघि दार्चुलाको महाकाली, बैतडीको मेलौली र काठमाडौको कागेश्वरी ३ वटा पालिकाहरुमा गरिएको मानसिक स्वास्थ्यसम्बन्धी अध्ययनबाट प्राप्त आवश्यकता र सुझावका आधारमा यस वर्षको मनोविकास अभियानको अवधारणा तयार गरिएको हो। परियोजनाको कार्यक्षेत्र महाकाली नगरपालिका छनोट हुनुमा स्थानीयस्तरमा मानसिक स्वास्थ्यसम्बन्धी दक्ष जनशक्ति तथा सेवाको सीमिततासँगै नगरपालिकाले देखाएको नेतृत्व, इच्छाशक्ति र सहकार्यको प्रतिबद्धता महत्वपूर्ण आधार बनेको भण्डारी जालानले बताउनु भयो ।

परियोजनाको दश महिनाको कार्यान्वयन अवधिमा महाकालीका विद्यार्थी र शिक्षक मार्फत सरकारी विद्यालयहरु देखि समदाय सम्ममा मनोसामाजिक सहयोग प्रणाली सुदृढ गर्ने, महिला स्वयंम सेविका मार्फत वडास्तरमा प्रसूति तथा प्रसूतिपछिको मानसिक स्वास्थ्यमा सहयोग र सचेतना गर्ने, इन्टरनेट जखिम र सुरक्षा बाट हुन सक्ने मानसिक जोखिम लाई घटाउने बारेमा विद्यार्थीहरु लाइ सचेतना कार्यक्रम संचालन गर्ने र पालिकाको मानसिक स्वास्थ्य नीति निर्माण तथा अनुमोदनमा सहजीकरण गर्ने लक्ष्य राखिएको भण्डारी जालानले जानकारी दिनु भयो । परियोजनाबाट करिब ३,००० जना प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको पनि उहांले बताउनु भयो । पालिकाको मानसिक स्वास्थ्य नीतिको पहिलो चरणको छलफल सम्पन्न भइसकेको छ ।

यो सँगै दोस्रो चरणको छलफल सम्पन्न भएको वरिष्ठ मनोविद् तथा साइकडेस्कका सस्थापक डा.नरेन्द्रसिह ठगुन्नाले जानकारी दिनु भयो । यसबाट नगरपालिका नागरिकको मानसिक स्वास्थ्यसम्बन्धी आवश्यकतालाई सम्बोधन गर्ने व्यावहारिक र स्थानीय सन्दर्भ अनुकूल नीति निर्माणमा योगदान पुग्ने अपेक्षा रहेको साइकडेस्कका सस्थापक डा. ठगुन्नाले प्रष्ट पार्नु भयो । वल्र्डलिंकले यस अभियानका लागि महाकाली नगरपालिकाकोसहकार्य र प्राविधिक सहजीकरणका लागि साइकडेस्क फाउन्डेसनप्रति आभार व्यक्त गरेको छ।