ठूलो वर्षा हुन सक्ने सम्भावनाबारे सूचना जारी, अहिले नै यकिन गर्न सक्ने अवस्था छैन
आधिकारिक सामाजिक सञ्जालबाट मौसमसम्बन्धी जानकारी लिन आग्रह
वि.सं.२०८३ असोज ४ आइतवार १८:४८
1.4K
shares
shares

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले यही असोज ७ देखि १२ गतेसम्म देशका विभिन्न क्षेत्रमा ठूलो वर्षा हुन सक्ने सम्भावनाबारे सूचना जारी गरेको छ।
महाशाखाका अनुसार असोज ७ गते आसपास उक्त प्रणाली थप बलियो भई दक्षिण ओडिशा–उत्तर आन्ध्र प्रदेशको तटीय क्षेत्र नजिकबाट जमिनतर्फ प्रवेश गर्ने सम्भावना देखिएको छ।
यद्यपि, यसका कारण नेपालमा ठूलो वर्षा हुने वा वर्षाको जोखिम कति बढ्ने भन्नेबारे अहिले नै यकिन गर्न सकिने अवस्था नरहेको महाशाखाले स्पष्ट पारेको छ।
मौसम विभागले प्रणालीको निरन्तर निगरानी भइरहेको जनाउँदै आवश्यकताअनुसार थप सूचना सार्वजनिक गर्ने जनाएको छ। सर्वसाधारणलाई विभागको वेबसाइट तथा आधिकारिक सामाजिक सञ्जालबाट मौसमसम्बन्धी जानकारी लिन आग्रह गरिएको छ।
















