NIMB Long Banner Ad

२०८३ असोज ५ गते, सोमबार (२१ सेप्टेम्बर २०२६) को राशिफल

1.21K
shares

२०८३ असोज ५ तदनुसार २१ सेम्टेम्बर सन् २०२६,भाद्र शुक्लपक्ष दशमी तिथि,सोमबार नक्षत्र: उत्तराषाढा योग: शोभन करण: गर चन्द्रराशि: मकर सूर्योदय: बिहान ०५:५२ सूर्यास्त: साँझ १८:०१ नेपाल संवत्: ११४६ ञंलाथ्व दशमीविशेष,विश्व शान्ति दिवस (International Day of Peace) तथा विश्व अल्जाइमर्स दिवस (World Alzheimer’s Day)

image

उत्साह र ऊर्जामा वृद्धि हुनेछ। कार्यक्षेत्रमा अधुरा रहेका पुराना कामहरू अगाडि बढाउने राम्रो अवसर मिल्नेछ। नयाँ व्यक्तिहरूसँगको सम्पर्कले भविष्यमा फाइदा पुर्याउनेछ। आर्थिक पक्ष सुदृढ रहनेछ।

image

वाणीमा मधुरता रहनेछ र सामाजिक काममा सम्मान मिल्नेछ। लामो समयदेखि रोकिएको वा अड्किएको धन फिर्ता हुन सक्ने योग छ। साथीभाइ तथा परिवारसँग रमाइलो समय बित्नेछ।

image

सकारात्मक सोचका साथ सुरु गरिएका काममा सफलता मिल्नेछ। परिवारका ज्येष्ठ सदस्यको सहयोगले घरायसी समस्या समाधान हुनेछन्। कार्यक्षेत्रमा नयाँ योजना बुन्ने सही समय छ।

image

सहकर्मी र आफन्तको साथ-सहयोग मिल्नाले मन प्रसन्न रहनेछ। प्रतिस्पर्धीहरू पछि पर्नेछन्। जीवनसाथीको विचार र सहयोगले काममा ठूलो राहत दिनेछ। साँझतिर कुनै शुभ समाचार प्राप्त हुनसक्छ।

image

प्रशासनिक वा बौद्धिक कार्यमा सफलता मिल्नेछ। रोकिएका काम बन्नाले आर्थिक लाभ हुने सम्भावना छ। समाज वा कार्यक्षेत्रमा आफ्नो भनाइको प्रभाव पर्नेछ। बोलीमा संयम राख्नुहोला।

image

व्यवस्थित रूपमा काम गर्नाले लक्ष्य प्राप्ति सजिलो हुनेछ। अध्ययन र अध्यापनका क्षेत्रमा रुचि बढ्नेछ। आर्थिक कारोबारमा अलि सावधान रहन आवश्यक छ। स्वास्थ्य सामान्य रहनेछ।

image

सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ। आफ्नो तर्क र क्षमताले अरूलाई आकर्षित गर्न सकिनेछ। व्यापार-व्यवसायमा नयाँ अवसरहरू हात पर्न सक्छन्। नयाँ लगानीका लागि सोचविचार गरेर अघि बढ्नुहोला।

image

कामको व्यस्तता र थोरै मानसिक दबाब अनुभव हुन सक्छ। धैर्यतापूर्वक काम गर्दा नतिजा सकारात्मक आउनेछ। खानपान र स्वास्थ्यको विशेष ख्याल राख्नुहोला।

image

आर्थिक लाभका नयाँ बाटोहरू खुल्नेछन्। रोकिएका कामहरू पुन: सुचारु हुनेछन्। यात्राको सम्भावना छ जसले मनमा नयाँ उमङ्ग भर्नेछ। वैदेशिक क्षेत्रका कामहरूमा प्रगति हुनेछ।

image

मेहनतको उचित फल मिल्ने दिन छ। कार्यक्षेत्रमा वरिष्ठ अधिकारी वा हाकिमहरूले कामको प्रशंसा गर्नेछन्। रोजगारी वा नयाँ अवसरको खोजीमा हुनुहुन्छ भने शुभ समाचार पाइनेछ।

image

नयाँ अवसरहरू प्राप्त हुनेछन्। धर्मकर्म, अध्यात्म वा परोपकारी काममा मन जानेछ। भाग्यले साथ दिने हुनाले काममा ढिलाइ भए पनि अन्त्यमा सफलता मिल्नेछ।

image

तनाव वा हतारमा कुनै पनि ठूलो निर्णय नलिनुहोला। गाडी वा मेसिनरी सामान प्रयोग गर्दा सावधानी अपनाउनु उपयुक्त हुन्छ। अनावश्यक खर्चमा नियन्त्रण राख्न आवश्यक छ।

~ज्यो.कलानिधी WhatsApp 9803032959