NIMB Long Banner Ad

रोकिएको शेयर कारोबार आजदेखि सञ्चालन हुने

234
shares

काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोमबार प्राविधिक समस्याका कारण रोकिएको शेयर कारोबार आज मंगलबारदेखि पूर्ववत् रूपमा सञ्चालन हुने भएको छ।

नेप्सेका ७२ कारोबार सदस्यको डाटा सेन्टरका रूपमा रहेको डाटा हब प्रालिमा देखिएको प्राविधिक समस्या समाधान भएको जानकारी प्राप्त भएपछि नियमित कारोबार सञ्चालन गर्न लागिएको नेप्सेले जनाएको छ।