NIMB Long Banner Ad

प्रधानमन्त्री शाह र मलेसियाली समकक्षी इब्राहिमबीच टेलिफोन, रोजगारीको विषयमा छलफल

559
shares

काठमाण्डौ – प्रधानमन्त्री वालेन्द्र शाह र मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमबीच आज बिहान टेलिफोन वार्ता भएको छ।

वार्तामा प्रधानमन्त्री शाहले नेपाल–मलेसिया वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणमुक्त बनाउनुपर्नेमा जोड दिनुभएको छ। उहाँले मलेसियाको रोजगारी क्षेत्रमा रहेको सिन्डिकेट र बिचौलिया प्रथा आफू र आफ्नो सरकारलाई स्वीकार्य नभएको स्पष्ट पार्नुभएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले बताउनुभएको छ।

यसको स्थायी समाधानका लागि दुवै देशले संयुक्त पहल गर्नुपर्नेमा प्रधानमन्त्री शाहले जोड दिनुभएको छ।

मलेसियाली प्रधानमन्त्री इब्राहिमले पनि आफू सिन्डिकेट र बिचौलिया प्रथाको विपक्षमा रहेको बताउँदै श्रममन्त्रीलाई नेपालका श्रममन्त्रीसँग समन्वय गरेर तत्काल काम अघि बढाउन निर्देशन दिने प्रतिबद्धता जनाउनुभएको प्रधानमन्त्री शाहको सचिवालयले जनाएको छ।

यसअघि मलेसियाले नेपालका करिब १ हजार १०० म्यानपावरमध्ये २५ वटा मात्रै छनोट गरेको विषय विवादमा आएको थियो।