NIMB Long Banner Ad

२६५४ अंक पुग्यो सेयर बजार,७ अर्बभन्दा बढी कारोबार

मंगलबार सेयर बजार ७.०६ अंक बढेर नेप्से परिसूचक २६५४ अंकमा पुगेको छ ।कारोबार रकम यस अघिको ६ अर्ब ७४ करोडबाट बढेर ७ अर्ब ४ करोड पुगेको हो ।

1.33K
shares

असोज ६ काठमाडौं । मंगलबार सेयर बजार ७.०६ अंकले बढेको छ । वृद्धिपछि नेप्से परिसूचक २६५४ अंकमा कायम हुन पुगेको हो ।बजार बढेसंगै कारोबार रकमसमेत बढेको छ । यस अघि भएको ६ अर्ब ७४ करोडको कारोबार बढेर मंगलबार ७ अर्ब ४ करोड हुन पुगेको हो ।

मंगलबारको कारोबारमा बैंकिङ ०.३५, विकास बैंक ०.४३, होटल तथा पर्यटन ०.३१, लगानी ०.४८, जीवन बीमा ०.८२, माइक्रोफाइनान्स ०.४८ प्रतिशतले बढ्न पुगे भने फाइनान्स ०.५२, जलविद्युत् ०.१४, उत्पादन तथा प्रशोधन ०.२४, निर्जीवन बीमा ०.०२, व्यापार ०.९३ प्रतिशत घटेका छन् ।
१३७ कम्पनीको मूल्य बढ्दा १३१ को घटेको छ भने ११ कम्पनीको स्थिर रहन पुगे ।