अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
वि.सं.२०८३ असोज ६ मंगलवार १६:२१
1.25K
shares
shares

काठमाण्डौ – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जान लाग्नुभएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ।
प्रधानमन्त्री शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वाग्लेलाई कार्यवाहक प्रधानमन्त्री तोक्नुभएको हो।
प्रधानमन्त्री शाह आज साँझ न्यूयोर्क प्रस्थान गर्दै हुनुहुन्छ। उहाँले असोज ८ गते महासभालाई सम्बोधन गर्ने र असोज १० गते स्वदेश फर्किने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।
















