एशियाली खेलकुदअन्तर्गत महिला भलिबलमा नेपाल १२औँ स्थानमा
वि.सं.२०८३ असोज ६ मंगलवार १७:०५
494
shares
shares

काठमाण्डौ – एशियाली खेलकुदअन्तर्गत महिला भलिबलमा नेपाल मंगोलियासँग सोझो सेटमा पराजित भएको छ।
नेपाललाई मंगोलियाले २५–२३, २५–१७ र २५–१३ ले हरायो। यो हारसँगै नेपाल १३ टोलीमध्ये १२औँ स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ।
नेपालले प्रतियोगितामा पाँच खेल खेल्दा जापान र इन्डोनेसियासँग समूह चरणमा तथा हङकङसँग वरियता खेलमा पराजय बेहोरेको थियो। किर्गिस्तानलाई भने ३–० ले हराएको थियो।
















