२०८३ असोज ७ गते बुधबार अर्थात् २३ सेप्टेम्बर सन् २०२६ को राशिफल
वि.सं.२०८३ असोज ७ बुधवार ०६:०५
shares

२०८३ साल असोज ७ गते बुधबार अर्थात् २३ सेप्टेम्बर सन् २०२६, भाद्र शुक्लपक्ष द्वादशी तिथि,नक्षत्रः श्रवण,योगः सुकर्मा,करणः बव, सूर्योदयः बिहान ५ः५३,सूर्यास्तः साँझ ६ः०१ आज इन्द्रध्वजोत्थान, वामन द्वादशी ।
रोकिएको धन फिर्ता आउनाले आर्थिक स्थिति सबल हुनेछ। पठनपाठन र प्रतिस्पर्धात्मक परीक्षामा सफलता मिल्ने योग छ।
स्वास्थ्य समस्याबाट मुक्ति मिल्नेछ। कार्यक्षेत्रमा सहकर्मीको सहयोगले कामहरू सहजै पूरा हुनेछन्।
नयाँ विषय सिक्ने उत्सुकता बढ्नेछ। आम्दानीका नयाँ स्रोतहरू पहिचान हुनाले आर्थिक अवस्था सुदृढ बन्नेछ।
पारिवारिक जीवनमा मधुरता आउनेछ र कार्यक्षेत्रमा उच्च अधिकारीबाट प्रशंसा मिल्नेछ।
व्यापार–व्यवसायमा नयाँ साझेदारी हुनसक्छ, दूरगामी फाइदा दिलाउनेछ। आत्मबल उच्च रहनेछ।
विश्लेषणात्मक क्षमतामा वृद्धि हुनाले कठिन निर्णयहरू पनि सही साबित हुनेछन्। जीवनसाथीको पूर्ण सहयोग प्राप्त हुनेछ।
यात्राको योग छ। मनमा नयाँ उमङ्ग छाउनेछ र साथीभाइको सहयोगले रोकिएका कामहरू बन्नेछन्।
मिहिनेतको फल प्राप्त हुनेछ। नयाँ कार्ययोजना बन्नेछ तर हडबडमा निर्णय लिनुबाट जोगिनुहोला।
धार्मिक तथा सामाजिक कार्यमा रुचि बढ्नेछ। आर्थिक लगानीका लागि समय अनुकूल रहनेछ।
कामको चाप बढे पनि नतिजा लाभदायक रहनेछ। परिवारसँग समय बिताउने मौका मिल्नेछ।
रचनात्मक सोचले सफलता दिलाउनेछ। व्यापार–व्यवसायमा सोचेजस्तै लाभ हुने योग छ।
स्वास्थ्यमा सुधार आउनेछ। बौद्धिक छलफल र पठनपाठनमा प्रगति हुनुका साथै मन प्रसन्न रहनेछ।
~ज्यो.कलानिधी WhatsApp 9803032959
























