ट्रम्पद्वारा आयोजित रात्रिभोजमा परराष्ट्रमन्त्री खनाल सहभागी
वि.सं.२०८३ असोज ७ बुधवार १०:०८
390
shares
shares

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहका अवसरमा आयोजना गर्नुभएको विशेष रात्रिभोजमा सहभागी हुनुभएको छ ।
न्युयोर्कमा आयोजित रात्रिभोजमा विभिन्न देशका उच्चस्तरीय प्रतिनिधिहरूको सहभागिता रहेको थियो । मन्त्री खनालले नेपालको प्रतिनिधित्व गर्दै कार्यक्रममा सहभागिता जनाउनुभएको हो ।
महासभाको साइडलाइनमा मन्त्री खनालले विभिन्न देशका विदेशमन्त्री तथा उच्च अधिकारीसँग भेटवार्ता गर्दै नेपालको पछिल्लो बाढी–पहिरोबाट भएको क्षति, जलवायु न्याय तथा पुनःस्थापना र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगलगायत विषयमा छलफल गरिरहनुभएको छ ।
















