शुक्रबारदेखि पदयात्रा र आरोहण नगर्न नेपाल पर्यटन बोर्डको आग्रह
वि.सं.२०८३ असोज ७ बुधवार ११:१०
403
shares
shares

काठमाडौँ । भारी वर्षा र हिमपातको सम्भावनालाई मध्यनजर गर्दै नेपाल पर्यटन बोर्डले शुक्रबारदेखि आइतबारसम्म पदयात्रा, हिमाल आरोहणलगायत पर्यटकीय गतिविधि नगर्न आग्रह गरेको छ ।
बोर्डका अनुसार गण्डकी, लुम्बिनीलगायत क्षेत्रमा प्रतिकूल मौसमको सम्भावना रहेकाले पर्यटक तथा पर्यटन व्यवसायीलाई सतर्क रहन र आधिकारिक मौसमी सूचना पछ्याउन आग्रह गरिएको हो ।
बाढी, पहिरो तथा उच्च हिमाली क्षेत्रमा जोखिम बढ्नसक्ने भएकाले सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न बोर्डले आग्रह गरेको छ ।
















