NIMB Long Banner Ad

संयुक्त राष्ट्रसङ्घमा ट्रम्पको सम्बोधन, इरानसँग सम्झौता नभए ध्वस्त पार्ने चेतावनी

533
shares

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता गर्ने वा पुनः आक्रमण गर्ने भन्नेबारे आफूले ठूलो निर्णय लिनुपर्ने बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्दै ट्रम्पले सम्झौता नभए इरानलाई ध्वस्त पार्न सक्ने चेतावनी दिएका हुन् । उनले नोभेम्बरमा हुने अमेरिकी मध्यावधि चुनावपछि इरानसँग सम्झौता हुने विश्वाससमेत व्यक्त गरे ।

ट्रम्पको यस्तो चेतावनी अमेरिकी र इरानी प्रतिनिधिबीच संयुक्त राष्ट्रसङ्घको महासभाकै क्रममा कूटनीतिक छलफल भइरहेका बेला आएको हो । अमेरिकी दूत स्टिभ विटकफ र जेरेड कुशनरसहितका अधिकारीले मध्यस्थकर्तामार्फत इरानी पक्षसँग लामो वार्ता गरेका थिए । ट्रम्पले उक्त छलफललाई सकारात्मक भनेका छन् ।

ट्रम्पले महासभामा अमेरिकी अर्थतन्त्र, आप्रवासन, सीमा व्यवस्थापन र हिंसात्मक अपराध नियन्त्रणमा भएका उपलब्धिको चर्चा पनि गरे । यसैबीच, न्यूयोर्कमा अमेरिकी र इरानी प्रतिनिधिबीच कूटनीतिक छलफलसमेत भएको छ ।